Categories: कविता

भानुभक्त र घाँसी


रमेशचन्द्र घिमिरे

घाँसी दाइले चिनेछन् सानु बाजेलाई
हामीले´नि चिनियो भानु बाजेलाई

तिर्खा लाग्दा गर्मीमा पानी खोजेका
के गरूँ र कहाँ जाऊँ भन्ने सोचेका
त्यतिबेलै घाँसीले घाँस काट्दै थे
मुठो बाँध्न घाँसकै डोरी बाट्दै थे

`नाति हुँ म श्रीकृष्ण हजुर बुवाको
तिर्खा लाग्दा खोज्दैछु पानी कुवाको´
घाँसी दाइले देखाए मूल भेट्टाए
पानी खान पाएर तिर्खा मेटाए

`राम्रो काम गरेर नाम कमाउँछु
घाँस काटी बेचेर कुवा खनाउँछु´
घाँसी दाइका कुराले बल्ल जोस्सिए
नाम कमाउँछु भनेर भानु कस्सिए

`घाँस काट्ने घाँसीको यस्तो जुक्तिले
राम्रो काम गर्छु म आफ्नै बुद्धिले´
यसो भन्दै भानुले कलम समाए
रामायण लेखेर नाम कमाए।

सारथि बाल पत्रिका

Recent Posts

पुल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर "साच्चै डरलाग्दो बाढी । अकस्मात् अनि अकल्पनीय । सम्झदा पनि आङ…

13 hours ago

“भदाैकाे महिना”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…

13 hours ago

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

2 days ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

2 days ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

2 days ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

4 days ago