पुण्यप्रसाद घिमिरे
हेर काे पाे, आएछ,
हाँसाे खुशी, ल्याएछ।
चैतपछि, पुलुक्क,
नयाँ वर्ष, झुलुक्क।।
पात्राेबाट, च्यायाै त,
भन के के, ल्यायाै त।
म त भँएँ, फुरूक्क
नयाँ वर्ष, झुलुक्क।।
ढाेका खुल्लै, राख्याछू
तिमिलाई, डाक्याछू।
मिठाे खाना, कुरूक्क,
नयाँ वर्ष, झुलुक्क।।
नव जाेश, जाँगर,
खाना नाना, घाँगर।
उठ्छू म नि, जुरूकक,
नयाँ वर्ष, झुलुक्क।।
चिन्तन र, सिर्जना
गही मेराे, तिर्सना।
सिर्जनामा, हुरूक्क,
नयाँ वर्ष, झुलुक्क।।
ज्ञान बुद्धि, विवेक,
गाउँ टाेल, छिमेक।
आँट देऊ, खुरूक्क,
नयाँ वर्ष, झुलुक्क।।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…