Categories: कविता

“प्रकृति”

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।


शान्ति भण्डारी दाहाल
बुद्धनगर काठमाण्डौँ

तिमी आयौ बसन्त ऋतु
सुन्दर पालुवा र मुना छन् लपक्कै
यहाँ नाच्दै गाउँदै छन् चराहरु
त्यस्तै छन् रङ्गि चङ्गि फूलहरु
चारैतिर हरियाली छन् ढपक्कै।

अनेकौँ थरिथरि रुप देखाउदै आयौ
तिमी घुम्दै आयौ
मन चङ्गा जस्तै छ
सधैँ म तिम्रै पर्खाइमा थिए
जता गयो उतै यो मन रमाउने बनायौ।

तिमी आयौ बसन्त ऋतु
तिम्रो आगमनसँगै कोईली बास्न थाल्यो
म आफैलाई सोच्छु यो कला कस्तो छ?
यो रच्नेलाई हेर्ने मन थियो,
यस्तै सोच्दै तिम्रो अनेकौँ रुप हेरी
यो मन हाँस्न थाल्यो।

सधैँभरि आफ्नै तालमा हाँसिरहने तिमीले
आफ्नु रुपको सुगन्ध
बाँड्दै सदाबहार घुम्दै फिर्दै आईदियौ।
अनेकौं थरिथरि रुप देखाउदै मायाँ
हाँसिरहने तिमी आयौं बसन्त ऋतु!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

6 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

6 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago