जानकी कर्माचार्य
घट्टेकुलो, हरिसिध्दि
पन्ध्र दिनको लामो विदा पछि स्कूल खुल्यो । कक्षा पाँचको नेपाली ब्याकरण कक्षाको गुरुले सबै विद्यार्थीलाई नयाँ नयाँ शब्दहरु पत्ता लगाएर आफूले जानेको अरुलाई सुनाउने र सिकाउने अनि आफूले पनि अरुलाई सुनाउने । अरु नबुझेको नयाँ शब्द छ भने गुरुसँग सोध्ने गृह कार्य दिनु भएको थियो । सब विद्यार्थीलाई आफूले जानेको र पत्ता लगाएका शब्द भन्न र सुनाउन आतुर देखिन्थे । सबजना नेपाली गुरुको प्रतीक्षामा बसेका थिए।
लामो विदा पछिको पहिलो दिन सबलाई रमाइलो लागेको थियो , घण्टी बज्नुभन्दा पहिले नै सबै कक्षामा पुगिसकेका थिए । बल्ल पाले दाइले घण्टी बजायो र गुरु कक्षामा प्रवेश गर्नु भयो । सबले एक्कै स्वरमा शुभविहानी सर भन्दै उठेर गुरुलाई सन्मान गरे।
गुरुले सबले पालैपालो सबलाई आ-आफूले पत्ता लगाएको नयाँ शब्द भन्न लगाउनु भयो ती शब्दहरु कति नयाँ थिए अनि कति पुरानो सब रमाए पनि तर युनेश भने चुपचाप थियो। ऊ अलिकम बोल्ने र लजालु पनि थियो । त्यो देखेर गुरुले युनेसलाई सोध्नुभयो, ” तिमीले कुनै शब्द भनेनौ नि ?” युनेश एकछिन चुपलागेर बस्यो अनि छ भनेर टाउको हल्लायो । गुरुले भन न त भने पछि उसले भन्यो ” पोइटिङ्ग्रे” सब विद्यार्थीहरु हाँसे ऊ झन लजायो र गुरु पनि एकछिन अकमक परे । अनि युनेसलाई नजिकै बोलाएर सोध्नुभो ” यसको अर्थ थाहा छ त तिमीलाई ? ” उसले बिस्तारै बोल्यो – “थाहा त छैन तर घरमा बुबालाई आमाको काममा सघाउँदा सबैले जोइटिङ्ग्रे भन्छन् अनि आमाले बुबाको काम सघाउँदा पोइटिङ्ग्रे किन नभन्ने ?” गुरु चुप लाग्नु भो।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…