निर्मला बराल
भक्तपुर सानो ठिमी
सातै बर्ष त भएँ म, पढ्छु कक्षा दुईमा।
हेर्छु सधैँ रमाउँदै ,घोप्टीएर मोबाइलमा।
आमा सधैँ भन्नु हुन्छ, दुख्छ आँखा धेर।
म भने फुरुङ्ग पर्छु , मोबाइल समाएर।
लत बस्यो, खाँदा पनि , मोबाईल हेर्ने।
आँखाको पावर बढ्छ है, अब कसो गर्ने!
एकदिन सम्म बाटो ,स्कुलमा लडेँ।
देखिननि आखाँ , उठ्दा, फेरि लडेँ।
हतारीदै गुरुबा आई,उठाएर मलाई।
फोन गरी बोलाउनुभो स्कुलमा बालाई।
आँखा जाँच भयो मेरो, डाक्टरले भने।
धेरै पावर बढेछ है,चस्मा लाउनु भने।
दाल ,साग,गेडागुडी,झोल,फर्सी र गाजर।
खानु सँधै नबिराई , लगाउनुपर्छ जागर।
जतन गर्नु सधैँ भरी ,संसार देख्ने ज्योतिलाई
भन्छन् सधैँ डाक्टर सन्दुक,जचाइराखौँ आँखालाई।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…