निर्मला बराल
भक्तपुर सानो ठिमी
सातै बर्ष त भएँ म, पढ्छु कक्षा दुईमा।
हेर्छु सधैँ रमाउँदै ,घोप्टीएर मोबाइलमा।
आमा सधैँ भन्नु हुन्छ, दुख्छ आँखा धेर।
म भने फुरुङ्ग पर्छु , मोबाइल समाएर।
लत बस्यो, खाँदा पनि , मोबाईल हेर्ने।
आँखाको पावर बढ्छ है, अब कसो गर्ने!
एकदिन सम्म बाटो ,स्कुलमा लडेँ।
देखिननि आखाँ , उठ्दा, फेरि लडेँ।
हतारीदै गुरुबा आई,उठाएर मलाई।
फोन गरी बोलाउनुभो स्कुलमा बालाई।
आँखा जाँच भयो मेरो, डाक्टरले भने।
धेरै पावर बढेछ है,चस्मा लाउनु भने।
दाल ,साग,गेडागुडी,झोल,फर्सी र गाजर।
खानु सँधै नबिराई , लगाउनुपर्छ जागर।
जतन गर्नु सधैँ भरी ,संसार देख्ने ज्योतिलाई
भन्छन् सधैँ डाक्टर सन्दुक,जचाइराखौँ आँखालाई।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…