Categories: कविता

नयाँ सालकाे आस


शिव पुन

वनमा नयाँ पालुवा
नदीमा ताताे वालुवा
सबै भन्छन् याे साल त हुन्छ केही पक्कै
जब वैशाखमा पानी पर्छ
सबै किसानले छर्छन् बारीमा मक्कै।

कतिकाे त हिउँदे बाली
असिना पानीले सखाप पारे हाेला
कतिकाे त घर गाेठ डढेलाे आधी हुरीले
विध्वंस पारे हाेला
कति त खै किन परेका छन मख्खै
साेच्दैछन् नयाँ साल त हुन्छ केही पक्कै।

विद्यार्थीलाई परीक्षा दिएर
नयाँ कक्षा चढ्न हताराे छ
किसानलाई कुलाे कुलेसाे
बनाउने चटाराे छ
कति त नयाँ सालमा पर्दैछन् छक्कै
साेच्दैछन् नयाँ सालमा त हुन्छ केही पक्कै।

सरकारलाई नयाँ बजेटकाे तयारी गर्नु छ
हामी सबै जनता असारे विकासकाे भर पर्नु छ
असारमा धान राेपे खान पाइन्छ
सरकारमा जान पाए मान पाइन्छ
त्यसैले त मनमनै खाएका छन् कप्पै
भित्र-भित्रै परेका छन् छक्कै।

कतिकाे जीवनमा कति नयाँ साल आए गए
बालक बाट किशोर , किशोर पछि विवाह
छाेरा-छाेरी का बाबा-आमा हुँदै कपाल सेतै भए
तर एउटा कुरा काे परिवर्तन भएन
बाेलि र अनुहार फेरिएन
त्यसैले उनीहरु जमानाकाे
परिवर्तन देखेर परे मक्खै
तर नयाँ साल लाग्दा पनि खै के भएर हाेला र
भनी पर्या छैनन् मक्खै
सायद त्यसैले हाेला खुशी छैनन् पक्कै।

विरुवालाई नयाँ पात चाहियो रे
बच्चालाई आफ्नो जात चाहियो रे
कविलाई नयाँ बात चाहियो रे
बेसाहारालाई कसैकाे हात चाहियो रे
याे सबै मानिसकाे आकाङ्क्षा देखि
प्रकृति पनि पर्छ हाेला छक्कै
त्यसैले म भन्छु अब हामी नपरौँ मक्खै
हुन्छ कि अब नयाँ केही भनेर पक्कै।

समय आफ्नो गतिमा छ
ऋतु र प्रकृति उस्तै -उस्तै हाे
भाग्य र चमत्कार भन्दा पनि
समय र कर्ममा विश्वास गरौँ
त्यसैले हामी अरुकाे आसमा नपरौँ मक्खै
सायद त्यसैले म भन्छु पक्कै।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

20 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

20 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago