शान्ता तिम्सिना
भक्तपुर
“बाबा! के पढ्नु भएको ?” सानी छोरीले सोधी।
“दुर्गा पाठ गरेको छोरी ! जमरा राखेपछी नौ दिन सम्म पढ्नु पर्छ ।” बाबाले भने।
“किन बाबा, नौ दिन नै पाठ गर्नु पर्ने ?” उसले जिज्ञासा राखी।
“ल, एता आउ त छोरी! आज म एउटा कथा सुनाउँछु ; उनले भने।
“के को कथा हो, र ? त्यही स्याल र खरायोको त होला नि ! कति सुन्नु ? भयो अब त नसुन्ने ।” छोरीले कुनै चासो देखाइन।
“हैन नि ! आज त तिमिलाई महिसासुर दानबको कथा सुनाउँछु ।” छोरी खुसी हुँदै छेउमा बसी।
“त्यो महिसासुर भन्ने दानव कस्तो थियो, बाबा !” उसले जिज्ञासा राखी।
“त्यसको त भैँसीको जस्तै स्वरुप तर शक्तिशाली थियो !” बाबाले भने।
“यसले के गर्यो त, बाबा ! कथा भन्नू न ; ऊ कथा सुन्न आतुर थिई ।
“यसले एक दिन देवलोकमा आक्रमण गर्यो अनि इन्द्र लगायत सम्पुर्ण देवतालाई धपाएर त्यो ठाउँ कब्जा गर्यो।
“त्यति धेरै देवतालाई एक्लैले कसरी जित्न सक्यो त बाबा !” आस्चार्य मान्दै सोधी।
“कुनै देवता अथवा राक्षसले मार्न नसकुन् भनेर भगवान ब्रम्हाबाट उसले आशीर्वाद पाएको थियो नि त ! बाबाले भने।
“अनि के भयो बाबा !” उसले फेरि सोधी।
“त्यसपछि देवी दुर्गा माता र महिसासुर दानव बिचमा नौ दिन सम्म युद्ध चल्यो ।” उनले भने।
“अनि कसले जित्यो त ?” उसले अझै उत्सुकता देखाइ।
“दशौँ दिनमा दुर्गा माताले महिसासुरको बध गरेर बिजय हासिल गरिन् नि !” उनले भन्दै गए।
“ए त्यसरी विजय हासिल गरेको भएर पो विजया दशमी भनेको हो ?”
“हो त ! असत्य माथि सत्यको विजय भएको दिन हो यो । त्यस्तै गरेर रामले रावणमाथि र दुर्गाले महिसासुर माथि विजय हासिल गरेको उपलक्ष्यमा दुर्गा भवानीको प्रसाद स्वरुप दशैँमा रातो टीका र जमारा लगाउने चलन चलेको हो नि !” उनले जमरामा पानी हाल्दै छोरीलाई कथा सुनाए।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…