हरिकृष्ण खतिवडा
माथिमाथि तीनजुरेमा
गुराँस जम्मै फुले अरे
हामी पनि जाऔँ है हेर्न
जानेबेला यही हो रे।
वनैभरि देखिन्छन् रे
गुराँस ढकमक्क
जता हेर्यो रातै छन् रे
पाखा झकमक्क।
थरथरीका गुराँस छन् रे
थरथरीकै रङ्ग
हेर्नेहरूको भिड छ रे
खुसी अनि दङ्ग।
तीनजुरेका तीनै जुरा
गुराँसका धुरा
हेरेपछि रमितेको
मन रम्छ रे पूरा।
गुराँसको राजधानीमै
गुराँसहेर्न जाऔँ
जता फर्कियो उतै राम्रो
सुन्दर छ ठाउँ।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…