Categories: बाल कथा

नाग पञ्चमी


मणि भट्टराई
गठ्ठाघर भक्तपुर
हाल: न्यूजील्याण्ड

नाग पञ्चमी आज । घर घरमा नागको तस्वीर टाँसेर पूजा गरिन्छ । नागको पूजा भक्तिपूर्वक गरे नाग (सर्प)दंशको भयबाट मुक्त होइन्छ भन्ने जनविश्वास रहिआएको छ । मान्छे उही असल चरित्र भए मानव खराब चरित्र भए दानव भने जस्तै होला नाग र सर्प भनेको पनि । खैर जेहोस् आज नाग पञ्चमी धुमधाम सँग मनाइँदै छ । गुरुहरुलाई हतार छ । बिहानै उठेर गाईको गोबर दुबो बोकेर प्रत्येक घर पवित्र तुल्याउँदै हुनुहुन्छ । यजमानहरु गुरु सँगै पूजा अर्चना गरि गुरुको यथोचित सम्मान गर्दै बिदा गर्दै हुनुहुन्छ हाेला । केटाकेटी आँखाहरू यो दृश्य सँगै आउने चाडपर्वहरु सम्झेर चम्चमाई रहेका होलान् । वर्षादको समयमा खेतीपाती सकेर सुक्सुकाउँदो भएर हिँउँद पर्खिरहेका किसानका भरोसा योग्य अनुहार ..! अनि टाढा टाढा बाट बिदामा घर आएर आफ्नी पत्नी सँग दशैँमा आउने बाचा गरिरहेका नवदम्पतिको बोझिल आँखा …!
संयोग बस् भनौँ आजको यस पावन दिनमा हामी मुलुक बाहिर न्युजिल्यान्डमा छौं। यहाँ कुनै पनि प्रजातिका सर्पहरू पाइँदैनन्। छैनन्। सर्प मुक्त भूभाग । ( शायद् जनमेजयको सर्प यज्ञको प्रभाव परेको हो की …? )
हिन्दू धर्म संस्कृतिले प्रकृति र प्रकृति प्रदत्त उपहारहरुको प्रगाढ श्रद्धा र सम्मान गर्दछ ।एस्तो अनुपम उदाहरण अन्त कतै पाईन्न ।
चाड पर्वहरूको शुरुआतको रूपमा पनि लिइन्छ यो पर्वलाई । यही दिन देखि औंला भाँचेर यसपछिका पर्वहरू गन्ती गरेको बाल्यकालको स्मरण हुन्छ । अझ दशैँ तिहारको ।
दिनहरू उसै गरी उठ्तै र ढल्दै गइरहेको भए पनि उति बेला जस्तो उत्साह उमङ्ग हराउँदै गएको महसुस हुन्छ । समाज चोईटिंदै गएको र मनहरु भाँच्चिदै गएको अवस्थामा पर्वहरुले जोड्ने जोडबल गरिरहेकै छ । तर पर्वहरूले मात्र कतिन्जेल थेग्न सक्ला र ..? सर्प दंशको विषाक्त डाह भन्दा मान्छे मान्छे बीचको नकारात्मक शोचको डाहले समाज दाग्ध हुँदै गएको छ । आजको यो दिनले सबैमा सकारात्मक सोच र असीम ऊर्जा दिन सकोस् ।
हार्दिक शुभकामना !

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

22 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

22 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

22 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago