Categories: बाल कथा

बाल बुद्धी


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“सविन बेटा यो के गरेको तिमीले ?” विवेकले सविनको हर्कत देख्यो र सोध्यो।
“अंकल ! हजुरलाई यो बनिसकेपछि बल्ल देखाउँने छु।” सविनले भन्यो। उसले कहिले के कहिले के गरिरहन्थ्यो।अत्यान्तै जिज्ञासु स्वभावको बालकलाई देखेर परिवारमा सबै आश्चार्यचकित थिए। उसले आफुले एक पटक देख्यो भने उस्तै चीज बनाउने प्रयास गर्थ्यो।
उसको यो व्यवहारले उसका बाबा आमा धेरै परेसान थिए। तर विवेकले भने उसलाई प्रोत्साहन गरिनै रहनथ्यो। अँझै पन्ध्र वसन्त पार गरिसकेको थिएन तर विभिन्न कामहरूको सफलता पुर्वक आविष्कार गरिसकेको थियो। अहिले पनि कबाडिबाट आफुलाई चाहिने केही बस्तु छान्दै थियो।
सविन ! मैले पानीको मोटर चलाएको छु भरियो भने बटन बन्द गर है। पहिले झैँ छतमा पानी भरिएर भिज्ला गहुँ सुकाएका छौँ छतमा।
“यति भन्यो र विवेक बजार गयो। सविनको काम पनि पुरा हुनेवाला थियो। उसले छिट्छिटो काम पुरा गर्यो र आफ्नो रूममा टीवी चालाएर बसेको थियो।
एकछिन पछि विवेक पनि फर्कियो।
मोटर किन बन्द नगरेनको त टैन्की भरिएको छैन अँझै ? गहुँ त पानीमा डुब्यो होला ? “.भित्र प्रवेश गर्दै विवेकले सोध्यो।”
पानीको टङ्की भरियो कृपया गरेर मोटर बन्द गर्नुहोस्।” निपत्यमा आएको आवाज सुनेर ऊ आश्चार्य भयो।
सविन यो त तेरै आवाज जस्तो छ । कहाँबाट आयो ?” विवेकले सोद्धासोद्धै फेरी आर्को पटक आयो । सविन दौडेर मोटर बन्द गरेर फर्कियो।
अङ्कल यो मैले गरेको आविस्कार कस्तो लाग्यो ? “ऊ खिसिक्क हाँस्यो र भन्यो।
वाह! सविन बधाई तथा शुभ कामना। “विवेकले आँगालो हाल्दै बधाई दियो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

5 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

6 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago