Categories: कविता

“नाग पञ्चमी”

रामप्रसाद पन्थी
रेसुङ्गा न.पा.२ गुल्मी

साउन् शुक्ल पञ्चमीकाे दिन जुराएर
नाग पूजा गर्ने अरे बिधि पुराएर।
अष्ट नाग पूजा गर्ने भन्नु भयाे बाले
बाबासित मैले पनि पूजा गर्न थालेँ।


अनन्त र बासुकीकाे, पद्म,महापद्म
तक्षक र कुलीरकाे कर्कट् अनि शङ्ख।
चन्द्र, सूर्य, शङ्ख,चक्र साथै काेरें चित्र
माछा,बिच्छी काेर्दा खुसी लाग्याे मन भित्र
चित्र काेरी ठिक्क पारेँ मैले अष्ट नाग
भन्नुभयो बाले अब पूजा गर्न लाग ।
दूध, दही जम्मा गरेँ दुबाे ,फूल टिपेँ
पूजा गर्ने ठाउँ चट्ट गाेबरले लिपें ।
गाेबरकाे कुण्ड बन्याे गाेबरकै नाग
लाबा, दूध चडाएँ है नाग महाराज ।
धूप, दीप , नैवेद्य र भेटी चढाएर
ढाेकामाथि नाग टासेँ धजा अडाएर ।
नाग पूजा सकेपछि टीका पनि लाएँ
नाग पूजा गर्ने किन? ज्ञान धेरै पाएँ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago