नाग पूजा


सावित्रा शिवाकोटी

जिउँदा नागको संरक्षण गर्नु पर्यावरण संरक्षण गर्नु हो । तर जीउँदा नाग/सर्प पालेर तिनीहरूको पूजा गर्दा र नगर्दा त तिनीहरूले केही बुझ्ने होइनन् । आफु जोगिएन भने मौका पर्नासाथ ठुगी हाल्छन् । विषालु सर्पको टोकाईबाट कैयौँ मानिसले ज्यान गुमाएका घटना हाम्रै सामु प्रशस्त छन् । नागको फोटो मूल ढोका माथि टाँसेर निर्जीव तस्विरलाई खुशी पार्दा अनिष्ट हुँदैन, चट्याङ पर्नबाट जोगाउँछन्, शुभ हुन्छ भन्दै फोटोमा दुध,दुबो,अक्षता चढाएर पूजा गर्नु, पर्यावरण सम्वन्धी ज्ञान नहुनु भनेको भ्रम,अज्ञानता र अन्धविश्वासलाई पुस्तान्तरण गरिरहनु मात्र हो ।
एक्काइसौँ शताब्दीमा विज्ञान,सूचना प्रविधि, विकासको चरम अवस्थामा बाँचेको मानिसको चेतनाले हरेक संस्कृति भित्र वैज्ञानिक कारण नखोजी अन्धधुन्ध परम्परा मान्नु भनेको सबै भन्दा धार्मिक पछौटेपन र लज्जाको विषय हो।