Categories: बाल कथा

“नाता”

मित्र उराठी गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा न पा -२,रुपन्देही

‟बधाई छ !” ,फेसबुक हेर्दै गरेका शोभाखरले कमेन्टमा लेखे र पोष्ट गरे।
‟ए! हेर त मैना, ह्यारीले त विवाह गरेछ नि।”‚ पत्नीलाई बोलाउँदै मोवाइलमा विवाहको फोटो देखाउन खोजे उनले।
‟को ह्यारी हो फेरि, चिन्नु न जान्नुको ? यहाँ आफ्नो जुठोभाँडो सिद्धिएको छैन। हजुरलाई उही मोवाइल छ। खुरुखुरु आफूले हेरे त भैगो नि। अलिकति काम सघाइदिनु त छैन् उल्टो अर्काको काम ढिलाइदिने मेसो।”‚च्याठ्ठिँदै जवाफ फर्काइन् मैनाले।


‟उही के त, ठूलाघरे माइल्दाइको नाति। जे भएपनि हाम्रो पनि नाति नै हो त। उतै विदेशतिरै जन्मियो, उतै हुर्कियो।भेटघाट नभएपनि नाता त छ नि। एकपटक त सानैमा बाबुआमासँग यतै पनि आएको थियो।”,शोभाखरले नाता फार्दै चिनाउन खोजे। ‟जोसँग औपचारिक चिनजानै छैन्। भेटघाट आवतजावत केही छैन्। त्यस्तोलाई पनि के दाजुभाइ भन्नु ? मर्दापर्दा काम लाग्ने, जो निकटस्त छन् जातगोत्रले नाता नभएपनि तिनै दाजुभाइ हुन्। अब समयले दाजुभाइ, नातागोताको परिभाषा पनि बदलिदियो।”,नजिकै बसेर आमाबाबुको गन्थन सुनिरहेको छोरो प्याच्च बोल्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

18 minutes ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

36 minutes ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

50 minutes ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago