Categories: कविता

“मेरो प्यारो खुत्रुके”

रञ्जुश्री पराजुली

दसैं तिहार जस्ता चहाड
मलाई मन पर्छ
सक्रान्ती पुजाआजा
पनि मन पर्छ
निदारमा टीका लगाई
दक्षीणा दिन्छन् मनग्गे
खर्च धेरै गर्दिन


जतन गरि राख्द छु
खुत्रुकेमा छिराएर
जम्मा धेरै पार्दछु
आमा बाबा दाइ सबको
जन्मदिन याद राख्छु
त्यति बेला यस्लाई फोरी
पैसा झिकी गन्दछु
पोहर साल बाबालाइ
कलम उपहार टक्र्याँए
त्यपछी अर्को चोटि
आमालाई सौगात किने
अब पालो दाइको आउँछ
विचार गर्छु के दिउँ
पैसा जतन गर्ने बानी धेरै राम्रो
आमाबाबा सङ्ग नमागेको राम्रो
मेरो तीनवटा खुत्रुके छ
आमा बाबा भाइलाई
जन्मदिनको उपहार
त्यसैबाट किन्छु
यस्तो गर्दा उहाँहरु
खुशी हुनुहुन्छ
प्यारी नानी भन्दै मलाई
माया धेरै गर्नु हुन्छ
रञ्जुश्री पराजुली।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

23 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

24 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago