Categories: बाल कथा

नाति हजुरबाका कुरा


डा छायादत्त न्यौपाने

नाति-हजुरबा ! याे सामाजिक सञ्जालमा नि धेरै मान्छेकाे नजर पुग्छ । धेरै थाेक देखिन्छ।
हजुरबा- हाे र बाबू, कसरी?
नाति- सामाजिक सञ्जाल भनेको बिजुली र हावाकाे सहयाेगले रेडियो, टेलिभिजनमा जस्तै गरी विभिन्न दृश्य देखाउने यन्त्र हाे, दृश्य आउँछन् । यी जताततै पुगेर देखिन्छन्।
हजुरबा- यसमा त सबैले ज्ञानगुनका कुरा राख्छन् हाेला है!
नाति -हाे, हजुरबा , ज्ञानगुनका कुरा, हाम्राे संस्कृतिका नयाँ पुराना कुरा, विभिन्न सिप सिकाउने, इतिहास बताउने जस्ता धेरै सामग्री राख्छन्।
हजुरबा – अनि अरु रमाइला कुराहरू पनि हुँदा हुन् ?
नाति- हाे,गीत सङ्गीत र नाचगान पनि हुन्छन् तर कति त अलिक नराम्रा कुरा राख्नेहरूले बिगारेका पनि छन् हजुरबा।
हजुरबा-के राख्छन् र त्यस्तो नराम्रो,सबैले हेर्ने ठाउँमा त असल कुरा राख्नुपर्ने हैन र ? मान्छे त सबै बुद्धि भएका असलै हुन्छन्।
नाति – कहाँ सबै असल हुन्छन् हजुरबा ! नक्कली परिचय बनाएर चाहिने नचाहिने कुराहरू टाँसेर फाेहाेर पार्छन्। फाेहाेरी मान्छेले बिगबिगी मच्चा छन् नि सञ्जालमा!
हजुरबा- हाे र ! जाेगिनुपर्छ है ! फाेहाेरबाट नत्र त राेग लागिहाल्छ।
नाति- हाे , हजुरबा ! फाेहाेर त फाेहाेर हाे नि बाहिरको फाेहाेरमा शरीर राेगी बनाउने किटाणु भएजस्तै सामाजिक सञ्जाल (फेसबुक)मा त बुद्धि विवेक सबै राेगी बनाउने झन् ठुलाे खतरा हुन्छ । जिन्दगी नै ध्वस्त पार्न बेर लाउन्न।हजुरबा- हाे, है ! यस्तोमा फस्न हुन्न है ! फस्न हुन्न । यस्ता विसङ्गति विकृति ल्याउने दृश्य र कुराहरू त राख्ने टाँस्ने काम पनि गलत हाे कानुनले समाउँछ,अपराधी भनेर कारबाही गर्छ । बच्नुपर्छ है ! बच्नुपर्छ।
समाचारले त कतिलाई कारबाही कुरा सुनाउँछ!
नाति – हाे , हजुरबा ! हजुरकाे नाति यस विषयमा ध्यान दिन्छ । राम्रो – नराम्रो कुरा थाहा पाउँछ र नराम्रो फाेहाेरबाट टाढै रहन्छ , छुँदैन , हेर्दैन पनि गनाउने फाेहाेर!
हजुरबा- हाे बाबू ! याे धेरै बेरसम्म हेरिरहन पनि नहुने रहेछ । कहिलेकाहीँ एकछिन मात्र केही सूचनाहरू मात्र हेर्नुपर्ने रहेछ।
नाति- हाे हजुरबा ! २४ घण्टा १ दिनभरिमा १-२ घण्टा भन्दा बढी हेर्नु राम्रो हुन्न । हाे, कुनै खास विषय पढाइ लेखाइकाे विषय छ भने उपयोग गर्ने हाे नत्र धेरै हेर्नु चलाउनु राम्रो हाेइन । बानी लाएसी छाेड्न गाह्रो हुन्छ । पहिले नै सचेत हुनुपर्छ।
हजुरबा- मेरो नातिलाई धेरै कुरा थाहा रहेछ, अनि सचेत पनि । कति राम्रो ! तिम्रो कुरा सुनेर धेरै जानकारी पाएँ । खुसी लाग्याे बाबू !
धन्यवाद छ तिमीलाई!
नाति- स्वागतम हजुरबा….

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

9 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

9 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

1 day ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

1 day ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago