बिन्दु पाैड्याल वस्ती
भरतपुर-२,चितवन
कति राम्रो रिबन
रङ्गीन तिम्रो जीवन
जीवनका रङ्ग
पर्छन् सबै दङ्ग।
चिटिक्क पारी बाटेर
रातो, पहेलो ,हरियो
सेतो, निलो सजिलो
ट्याप्प कपाल बाँधेर।
चुल्ठी बनाऊ दुईतिर
फिजारिन्न कपाल
लट्टा पनि नपर्ने
छिटो कपास बढ्ने।
गाह्रो हुन्न लगाउन
सकिन्छ फुल बनाउन
फूल धेरै बनाउँदा
साथीहरू रमाउँदा।
उनीहरू आउँछन्
आफ्नो रिबन देखाउँछन्
रिबनको फूल बनाउन
मलाई पनि सिकाउँछन्।
साथी साथी मिलेर
फुल बनाउन सिकेर
कसले राम्रो बनाउने
बाजी पनि ठोकेर।
फुलबारीको फुल जस्तो
हाम्रो शिरको रिबन।
कति रमाइलो हुने
हाम्रो स्कुलको जीवन।
इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…