बैकुण्ठ पोखरेल
गोदावरी
”ए बुढी छड् छड् ,एउटा दुइटा भाँडा म पनि धुन्छु।”बिबशले भाँडा मस्काउँदै गरेकी बुढिको हातबाट थाल कचौरा खोसेर धारामा पखाल्यो।
अघिपछि ढलेको लोटा सम्म नउठाउने बुढ़ाको चरतिकला देखेर दंग परी संगीता!
“ए बुढी छड् त छड् तरकारी म चलाउँछु!” दिउसको खाजा बनाउँदै गरेकी बुढिलाई पन्छाएर मज्जाले कराइको वारपार डाडु घुमायो बिबशले।
हैंन के भएछ आज बुढालाई भनेर अचम्ममा परेकी संगीतालाई एक घण्टा पछि बुढाले सामाजिक संजालमा भाँडा धुँदै अनि तरकारी चलाउँदै गरेको फोटो पोस्ट्याएपछि पो था भो – आज त “नारी दिवस” पो रहेछ।
नन्दलाल आचार्य "त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…
दुर्गा घिमिरे फुङ्ग्री उडेको धुलो, घुम्मिएको महिलो आकाश, जताततै काला बादलहरू। साना–साना नानीहरूलाई तर्साउन बिजुलीका…
गणेश आत्रेय मदनपोखरा,पाल्पा बैशाख आए नव लाग्छ साल। आनन्दको मौसम हालचाल॥ नाच्छन् खुशीले सब जीवजन्तु।…
मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…