Categories: कविता

“नारी बिनाको घर”


सुधिर थापा

छन्द :- शार्दूलबिक्रीडित

नारी हाै गहना हरेक घरको आफैँ उज्यालो पनि
आमाको ममता छ काख भरिलो वात्सल्य मीठो अनि
यस्तो मिल्छ कहाँ अपार गुनिलो यो काख न्यानो भर
साच्चै शून्य छ यो बिशाल भवमा नारी बिनाको घर

ढाक्दैछिन् कसरी उठेर जननी आधा त आकाश यो
कालो बादल त्यो हटेन नभमा नारी बिनाको त यो
माटोको ममता गरेर मनमा सन्तान पाल्ने अनि
नारी हुन् धरती सहेर भवमा यो सृष्टि धान्ने पनि

आमा हाै, बहिनी प्रिया मन कतै यी रूप तिम्रा कति
बिग्रेको घर त्यो मिलाइ सबको सारा सुधार्छ्याै मति
लक्ष्मी हाै घरकी अपार मनकी देवी भएरै जहाँ
बल्छ्याै दीप भई हरेक घरमा छर्दै उज्यालो यहाँ

तिम्रो आट सधैं हिमाल जसरी अग्लेर चुल्ने छ यो
तिम्रै त्यो ममता मिलेर घरमा हाँसो खुसी यो भयो
धेरै दु:ख खप्याै सहेर मनमा सन्तान भन्दा अति
तिर्ने हो कसरी अथाह ऋण यो भुल्नै नसक्ने कति

तिम्रो काख बिना बिशाल जगमा बाँच्नेछ को त्यो भन
दिन्छ्याै त्यो ममता समान सबमा कस्तो छ तिम्रो मन
आफैँ छ्याै मनकी अपार धनकी नारी भएरै भर
लाग्ने शून्य छ यो बिशाल भवमा नारी बिनाको घर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

16 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

16 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago