मिसु श्रेष्ठ
दोलखा
हाल- काँडाघारी काठमाडौँ
नीतिले ऐना हेर्दै श्रृङ्गार मिलाउँदै थिई ।
नुतन करायो “हैन अझै तयार भएकी छैनौ ? घाम अस्ताउन लागे त !”
उसले आवाजको वास्तै नगरी श्रृङ्गार थप्दै गई।
“कति राम्री बन्नुपरेको, मैले मन पराइहालेँ अब धेरै राम्री कसको लागि ? कि ···? ” उसले हल्का मजाक गर्यो।
“अरुको लागि होइन आफ्नै लागि !”
“विद्वत महिलाका लागि धेरै श्रृङ्गार गर्नपर्दैन रे नि!”
उसको बोलीमा काँडा महशुस गरी । क्षणभरको सन्नाटा पश्चात् ” स्थान र अवस्था अनुसार सबै नारीमा सुन्दर हुने चाहना हुन्छ । सुन्दरताले आत्मसन्तुष्टि र आत्मविश्वास प्राप्त हुन्छ । पुरुषहरू त महिलाले नभनिदिए दाँत पनि माझ्दैनथे होलान् । उसले झण्डै आगो ओकली।
“ल ल संसारकै सुन्दर हुनु प्रिया ।” हल्का स्पर्श गर्यो।
“सुन्दरता महिलाको विशेषता हो । देख्नुभएन अस्ति भदैनी के के चाहियो भनेर रुँदै थिई। ‘ गाँजल पुसिन्छ ‘ भनेको , बलजफ्ती कसरी थामेकी ! चार वर्षकी छोरीलाई राम्री देखिन चाहिँ किन मन लाग्छ नि ! सम्पूर्ण रोष निभाउँदै मुस्कुराई।
विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…
कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…
View Comments
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/futures/ref?code=GGYHGRE