Categories: कविता

“छाता”


अम्बिका धिताल
कमलविनायक भक्तपुर

छाता छैन साथमा
किताब थिए हातमा
भिज्दै आएँ घरमा
लाग्यो अलि सरम।

शिर भयो झनन
जरो आयो हनन
यात्रा हुने मधुरो
छाता बिना अधुरो।

छाता किन्न आमाले
भन्नुभयो मायाले
छाता ओढ्ने रहर
जानुभयो सहर।

साउनको मासमा
छाता पर्यो हातमा
रातो, निलो, पहेलो
कति राम्रो छाता यो।

पानी पर्दा दरर
छाता खोलेँ फरर
ओढ्दा शिर माथि यो
समस्याको साथी यो।

मक्ख पर्दै बुबाले
टेक्नुहुन्छ खुबले
अप्ठेरोमा सहारा
दिने गर्छ पहरा।

घाम लाग्दा शीतल
ठान्नुहुन्न पितल
इन्द्रेणीको रङ्गमा
परे आज दङ्ग म।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

5 hours ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

5 hours ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

5 hours ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

6 hours ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

1 day ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

1 day ago