शोभा कोइराला
वसन्तकी सुन्दर पुष्प नारी
लज्जा भएकी पनि दिव्य नारी
नारी बिनाको घर नै हुँदैन
भए नि त्यो सुन्दर नै हुँदैन।
लज्जा बिनाका पनि देख्छु नारी
सच्चा र अच्छा पनि देख्छु नारी
चियो र चर्चो गतिलो छ अर्को
तथापि नारी बिनु छैन झर्को।
श्रद्धालु मात्रै पनि देख्छु नारी
लज्जालु मात्रै पनि देख्छु नारी
झर्कै नमान्ने पनि देख्छु नारी
स्वतन्त्र खोज्ने पनि देख्छु नारी।
गुणी भएझैँ अभियान गर्ने
निर्दोषलाई अति खेद गर्ने
ढाँटेर सारा मन हर्न खोज्ने
दु:खी छु भन्दै सय घात गर्ने।
गाएर मात्रै महिमा सकिन्न
नारी बिनाको जग हुन्न हुन्न
यस्ता कुराको महिमा सकिन्न
बिगार केही पनि गर्न हुन्न।
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…
आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…