Categories: बाल कथा

टिकाेटालाे


शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे,इलाम

“के गर्दै हुनुहुन्छ आमा ?” साँझपख छाेरीले फाेनमा साेधी।
“के गर्नु र ?” आमाले भनिन् “घरमै छु । यसाे उसाे गर्दै ।”
दिउसाे ? छाेरीले थपी।
“दिउसाे त भुलियाे नि। मान्छे आए ।”आमाले भनिन्।
“काे आयाे हउ ?” खितित् हाँस्दै उसले साेधी।
“हेर न ! आफैँ पठाउछे र मेराे मन चाेर्छे ।”आमाले भनिन्।
“कति जना आएका थिए ?” छाेरीले साेधी।
“चार जना आए। बिहानकाे खाना खाने गरेरै ।”आमाले भनिन्।
“अनि के भयाे त कुरा ?” छाेरीले बुझ्न खाेजी।
“अब तैले नै पठाएकी रहिछेस् । उनीहरुलाई पनि सहज नै भयाे । यही महिनामा नै विहेकाे याेजना गराैँ भन्थे।” आमाले भनिन्।
“के भनेर बिदा गर्नु भयाे त ?” छाेरीले साेधी।
“के भन्नु ? अहिले आमा बरखीमा छे। दुई महिना पछिमात्रै बर्खान्त आउँछ। बरखी बारेकाे बेला कसरी छाेरीकाे विहे गर्नु ? बाले भन्नु भयाे। चिना पनि राम्रोसँग मिलेकै छ दुई महिना चैँ पर्खने नै सल्लाह भयाे र गए।”आमाले भनिन्। “किन दुई महिन पर्खनु त ?” छाेरीले भनी। “अहिले नै फुकाउँदा हुन्न बर्खान्त ?”
“कस्ताे कुराे गर्छे याे केटी ?”आमाले भनिन्। “नियम चलन हुँदैन ?”
“ए ! आउँदाे हप्ता कपडा किन्न तराई झर्ने भन्दै थिए मलाई अघि फाेनमा । उनीहरु पनि पर्खने सुरमा छैनन्।” छाेरीले भनी। “हामी भागी विहे गर्छाै अहिले नै। तपाईँहरुले चैँ दुई महिना पछि टिकाेटालाे गरिदिदा हुँदैन?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

19 hours ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

19 hours ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

20 hours ago

“गुरू”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६ दाेलखा जति हिंडूँ पाईलाहरू, गन्तव्य गमन गुरू, जति बाेल्छु शव्दहरू, मन्तव्य वचन…

20 hours ago

स्वीकार्नुहोस् यो नम:

आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…

2 days ago

‘गुरु’

गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन ! शिष्यहरूलाई आशीर्वाद ! श्रीधर भण्डारी बारबर्दिया नगरपालिका-८, बर्दिया…

2 days ago