Categories: बाल कथा

निभ्नलागेको आगो

उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका दूधे झापा

“ल छिटै गाई बाँधिसक्नु त साइँला भाइ! जौँ छठपूजा हेर्न ” आफ्नैँ आँगनको डिलबाट थलामा गाई बाँध्दै गरेको छिमेकी साइँलालाई हर्कप्रसादले सम्बोधन गरे।
“दाइ पनि के भन्नुहुन्छ ? साँझ पर्न लाग्यो अब कसले पूजा गरिदिन्छ हामीलाई देखाउन ?” कटेरा बाहिर निस्किदै साइँलाले भन्यो।
“साइँला भाइ अनभिज्ञ हुनुहुँदो रहेछ । बेलुका अस्ताउँदो सूर्यलाई नदीमा गएर अर्घ दिइन्छ नि छठपूजामा” हर्कप्रसादले बुझाए।
“हो र ? मलाई त यसबारे केही पनि थाहा छैन” साइँलाले अनभिज्ञता प्रकट गर्यो।
“हो नि पाठपूजा, भजन कीर्तन गरिन्छ। खोला किनारको शीतल वातावरणमा निकै रमाइलो हुन्छ” हर्कप्रसादले थप प्रष्ट्याए।
“ए तब पो दाइ जौँ भन्नु हुदो रहेछ” साइँलाले भनिसक्न नपाउँदै हर्कप्रसादले थपे ” बलेको आगो सबैले ताप्छन् भनिन्छ तर छठ एउटा मात्रै त्यस्तो पर्व हो जस्मा निभ्न लागेको आगोलाई पनि महत्व दिइन्छ”।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 day ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 day ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

2 days ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

2 days ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

3 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

3 days ago