घनश्याम रेग्मी
बाला झुले स्वर्णसमान लाग्छन्
पीयूषको स्वाद दिने अहा! छन्
श्री अन्नपूर्णा घरभित्र पाई
साँच्चै भयाे स्वर्णिम याे तराई।
आकाशमा बादल छैन कालो
टाढा गयो लुब्ध हिलो र मैलो
ऐश्वर्य आफ्ना घरभित्र ल्याई
साँच्चै भयाे स्वर्णिम याे तराई।
खोस्रेर पानी पसिना दिएको
देखेर आफ्नो श्रम फक्रिएको
छन् मख्ख हाम्रा सब दाजुभाइ
साँच्चै भयाे स्वर्णिम याे तराई।
चिन्ता असारे पल भेल बाढी
हुत्याउने जीवनको कि गाडी
खाद्यान्नले मग्न किसान भाइ
साँच्चै भयाे स्वर्णिम याे तराई।
रोपेर मानो फल यो मुरी छ
सङ्कष्ट टाढा सुनको धुरी छ
हाँसो खुसी जीवन मुस्कुराई
साँच्चै भयाे स्वर्णिम याे तराई।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…