शान्ता शाक्य
धापाखेल ललितपुर

“यहाँको नाम? ”
जवाफ दिइन। पुन:सोध्यो। बसको एउटै सिटमा बसेपछि नबोल्नु असभ्यझैं लाग्यो । जवाफ फर्काएँ- “मिट्ठु।”
“कति मिठो नाम। कहाँसम्म नि ?”
“पोखरासम्म”
“ए,म पनि त्यहींसम्म त हो ।”
परिचयपछि हामीबिच लामो कुराकानी भयो। खाना पनि सँगै खायौं। पैसा तिर्ने बेलामा ऊ शौचालय गयो। निकै बेरसम्म कुरें। नआएकोले उसको खानाको पैसा पनि तिरिदिएँ। पर्खेँ आएन। ड्राइभरले बोलाएपछि म आफ्नो सिटमा बस्न गएँ। एकछिन पछि ऊ दौडेर बस्न आयो। खानाको पैसा तिरे नतिरेको प्रसङ्ग उठाएन। आफ्नो बखान गर्नलाग्यो। मलाई भने कुन बेला निद्राले छोपेछ पत्तै पाइन। बिउँझिदा उसको काखमा उसले एउटा हातले मेरो जिउ मजाले समातिराखेको पाएँ। म झस्किएँ।सतर्क भई बसें। थुक्क!मान्छेले यसैको श्रीमती वा प्रेमिका ठाने होलान् भन्ने लाग्यो। ऊ भने मुसुमुसु हाँसिरहेको थियो। मलाई अप्ठेरो महसुस भयो। मैले आफ्नै निद्रालाई दोष दिएँ।
गाडी निकै बेरसम्म अगाडि बढेपछि ऊ निदाएको जस्तो लाग्यो। म भने निद्रालाई छलेर सतर्क भई बसें। केही समयपछि उसलेआफ्नो दाहिने हात पछाडि लगेर मेरो कुममा राख्यो। ठानें निद्रामा होला। मैले उसको हात बिस्तारै पन्छाएँ । जे गर्दा पनि हात कुमैमा। अनुहार हेरें, निदाएको जस्तो। हात पन्छाइदिएँ। अब पनि त्यसो गरे चाहिं भन्नै पर्ला भनी सोंच्दै थिएँ। नभन्दै उसले बिस्तारै कुममुनि लान खोजेपछि भने मेरो रिसको पारो चढ्यो। ठोक्किने गरी उसको हात जोडले हुत्याइदिएँ।
ऊ तिरमिरायो ।
सोध्यो-“के भयो र ?”
मैले कड्केर भनें-“हात कुहिएको रहेछ बेस्सरी गन्हायो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

18 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

19 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago