Categories: बाल कथा

निरुत्तरित प्रश्न


एल•बी•बस्नेत
जोरथाङ्ग, द•सिक्किम

विद्यालयबाट जीव-विज्ञान अन्तर्गत ‘मानव-संरचना’ बारे पाठ पढ़ी घर आई पुगेको छोरोलाई ऐना अघि उभिएर एकोहोरो आफ्नो अनुहार हेरिरहेको देखी बाबुले सोधे- “के भो हँ तँलाई ? ठीकै त छस् तँ ?”
बाबुको आवाजले छोरो झसङ्ग तर्सियो। बिस्तारै बाबुपटि फर्केर छोरोले सशंकित भावमा सोध्यो- “बाबा, म तपाईँ कै छोरा हो नि ?”
“हन, के भन्छ यो! अनि कसको छोरा होस् त तँ ?” बाबुको विष्मयपूर्ण सोधाईको जवाबमा छोरोले भन्यो-“हैन, साथीहरुलाई हेर्छु; उनीहरु सबै कतै न कतै आफ्नो आमा-बाबुसँग मिल्दो-जुल्दो छ । कसैको नाक मिल्छ, कसैको ओंठ मिल्छ, कसैको आँखा त कसैको केश। रंग-रुप पनि उस्तै-उस्तै। तर म किन अर्कै ? न तपाईँ जस्तो, न आमा जस्तो नै…।”
छोरोको प्रश्नको उत्तर दिन नसकी बाबु फनक्क फर्कि भान्सा-कोठातिर लागे। छोरो भने उभिई नै रह्यो ऐना अघि प्रश्न-चिह्न बोकेको अनुहारमा उत्तरहरुको मेसो खोज्दै।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

18 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

19 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

2 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

2 days ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

3 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

3 days ago