Categories: बाल कथा

प्रतिशोध


डा.श्यामप्रसाद न्यौपाने

बाबु द्रोणको अन्त्य भएको सुनेपछि अश्वत्थामा रुनपिच्छे भए । घरको धुरी खाँबो ढल्दा कुन परिवारलाई पीडा हुँदैन र ! अश्वत्थामालाई डाँको छोडेर रुन मन थियो तर विशाल युद्धमैदानमा कमजोरी देखिने भयले उनले मुटु गाँठो पारे। अश्वत्थामा बाबु ढलेतिरै गए।
“अश्वत्थामाजी” कसैले उनलाई सम्बोधन गरेझैँ लाग्यो । उनी सुनेको नसुनेझैँ अगाडि बढे । “अश्वत्थामाजी, ए, अश्वत्थामाजी” पुनः कसैले सम्बोधन गर्यो। उनी केही बोलेनन् । जब मनमा पीडाको ज्वाला लपलपाउँछ, तब कसले बाहिरी कुरामा ध्यान दिन्छ र ! अरूलाई उपदेश दिने व्यक्तिले आफैँमाथि पीडा पर्दा कसको उपदेश सुन्छ र ! मान्छे अनौठा प्राणी न हो । उनी सरासर अगाडि बढे।
युद्धमैदानमा आचार्य द्रोणको शिर र धड अलग भएको थियो । अन्त्य समयमा छोरालाई सम्झेर बाबु भन्न खोज्दा ‘बा’ भन्दाभन्दै गिँडिएझैँ द्रोणको मुख ‘आँ’ भएको थियो । अश्वत्थामा बाबुको लहुलुहान शरीर देखेर विक्षिप्तझैँ भए।
आफूहरूलाई शिक्षादीक्षा दिएका गुरुलाई यस्तो अवस्थामा पुर्याउने पाण्डवहरूप्रति अश्वत्थामामा रोष उत्पन्न भयो ।
“पाण्डवहरू शिविरमा विजयोत्सव मनाउँदै होलान् । हासपरिहास चलिरहेको होला ।” उनले सोचे । प्रतिशोध लिने उद्देश्यले उनी क्रोधावेगमा पाण्डव शिविरतिर हानिए। उनी पाण्डवको शिविर नजिकै पुगे।
अचम्म! हिजोअस्ति बत्ती बालेर उज्यालो हुने शिविर वरिपरि आज कुनै उज्यालो थिएन। चारैतर्फ अँध्यारोले राज गरेको थियो । उनी पाँच पाण्डव बस्ने शिविरको बाहिर गए । बाहिरबाटै फलेकको सानो प्वालबाट भित्र चिहाए । भित्र गोलाकार घेरामा पाण्डवहरू बसेका थिए । बीचमा सानो टुकी थियो । टुकीको मधुरो प्रकाशबाट पाण्डवहरूको मलिन मुहार देखिएको थियो ।”बाबुलाई त हामीले सानैमा गुमायौँ । बाबुले झैँ स्नेह र सुदृढ अभिभावकत्व दिएका आदरणीय गुरुलाई गुमाउनु पर्दा निकै पीडाबोध भएको छ ।” युधिष्ठिरले आँसु पुछ्दै भनेको सुनियो । “प्रभु यो पीडा सहने शक्ति देऊ ।” उनले आकाशतिर हेर्दै ईश्वर पुकारे।
“मैले त गुरुलाई ताक्ने आँटै गरेको थिइनँ । गुरुले मलाई सर्वश्रेष्ठ धनुर्धारी सिद्ध गर्न के के पो गर्नुभएन र ! कति स्नेह गर्नुहुन्थ्यो तर के गर्नु त्यति माया गर्ने गुरुलाई पनि शत्रुपक्षबाट प्रस्तुत भएपछि निशाना साँध्नै पर्ने रहेछ। यिनै हातले त हो नि गुरुमाथि धनुष चलाएको भन्दै” अर्जुनले आफ्ना हात भुइँमा बजार्दै थिए । पाँचै पाण्डवका आँखा आँसुले भरिएका थिए। उनीहरूको मुहार औँसीको आकाशझैँ अँध्यारो थियो।
अश्वत्थामा भित्र पस्न सकेनन् । प्रतिशोधले भरिएको मन लिएर आएका उनी गहभरि आँसु लिएर फर्के।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

17 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

17 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

18 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago