पी पी कोइराला
“सही ढंगले जीवन बाँच्ने भनेको के हो बा?”
ममाथि नातिको प्रश्न तेर्सियो।
“विद्वान देखि कलाकार ,राष्ट्रसेवक देखि नेता सबैको विदेशतिरै दौडादौड छ । कम्तिमा पनि अग्रपंक्तिकाहरुले त अरु गएकै बाटो नकुद्नु पर्ने हो नि। उनीहरुले त देशभित्रै अरुलाई जिउने उपाय खोजिदिनु पर्दैन र ,बा?”
मैले पहिलो प्रश्नकै जवाफ सोच्न नभ्याई नातिले फेरि दोस्रो प्रश्नले हान्यो।
यसको उत्तर भन्न के आँटेको थिएँ तेस्रो पनि सोधिहाल्यो,” अष्ट्रेलिया,अमेरिका,क्यानाडा नगई नहुने पो चलन आयो ।नगए राम्रा केटी विहे गर्नै पनि नपाइने भयो त बा?”
“अब जवाफ खोज्नु भन्दा पनि प्रश्न आउनै नदिने बनाउन नेतागिरि गर ,केटा ” मेरो उत्तर सुनेर ऊ हाँस्यो।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…