Categories: कविता

“कामधेनु भए”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

इच्छा पनि कस्ताे कस्ताे लाग्दाे रैछ साथी
इच्छाधीन बन्न पाए हुन्थ्यो निकै जाति?

आकाशमा चरासँगै उड्ने मन लाग्छ
बादलका टुक्रासँगै खेल्ने मन जाग्छ।

साथीसँगी बनाएर तारा अनि जून
सुनाउने मन लाग्छ बाँसुरीकाे धुन।

कैले लाग्छ माहुरीकाे साथी बनी डुलूँ
कैले लाग्छ पुतलीकाे साथ सँगै भुलूँ।

मीठाे लाग्छ कुहुकुहु गीत काेकिलकाे
सिकाे गरूँ गरूँ लाग्छ नाँच मयुरीकाे।

कलकल खाेला जस्तै बग्न पाए पनि
समुद्रमा पुग्न पाएँ हुन्थे भाग्यमानी।

नाता गाँस्न पाए हुन्थ्यो हिमालकाे साथ
बन्न पाए पनि हुन्थ्याे पूर्णिमाकाे रात।

घाम जस्तै घमाइलाे हुन पाए देखि
छर्थे हाेला मैले पनि किरणकाे रेखी।

सप्तरङ्गी इन्द्रेणीकाे साथ पाए मैले
सजाएर राखिदिन्थें धरती याे जैले।

इच्छा पूरा गरिदिन्थें कामधेनु भए
इच्छा मात्रै भयाे मेराे केटाकेटी भएँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago