Categories: बाल कथा

निर्दोष प्रश्न


राजन कार्की पाजु
धरान सुनसरी

“हजुरबा ! तपाईँले यो के लेख्नुभाको ?”
म आफ्नो कृति प्रकाशनको लागि सम्पादनमा व्यस्त थिएँ। एकाएक नातिनीको यो सोधाईले मेरो एकाग्र भंग भयो।
“किताब लेखेको नी नानी !” मैले उसको जिज्ञासा मेट्ने जमर्को गरेँ।
“किताब भनेको विद्या होरे, हो हजुरबा ?” उसले जिज्ञासा तेर्स्याई।
“होत नी ! तिमीलाई कसले भन्यो ?”। उतिर हेर्दै जवाफको साथमा जिज्ञासा पनि राखेँ।
“हाम्रो स्कुलको मिसले !” स्कुलको युनिफर्म खोल्दै सहजभावमा उसले जवाफ दिई।
मैले कान उ तिर, र ध्यान कामतिर एकाग्र गरेँ।
“यो किताव लेखेर के गर्ने हजुरबा ?” उसले फेरि मेरो ध्यान खिंची।
“किताब छपाएर बिक्री गर्ने !” मैले उसको जिज्ञासा शान्त पार्न खोजेँ।
“किन, हजुरबा?” उ शान्त भैन ,उसको कौतुहलता झन बढ्यो।
“किताब बिक्रि गरेपछि पैसा आउँछ , अनि तिमीलाई नयाँ लुगा, स्कुल ब्याग किनी दिने ल!” मैले उसलाई शान्त बनाउन आश देखाउँदै भंनेँ।
“हाम्रो मिसले भन्नुभएको ,पैसा भनेको धन हो रे नी हजुरबा ? !” उसले फेरी सोधी।
“हो नी! धन सबैभन्दा शक्तिशाली हुन्छ, यो नभै हामी बाच्नै सक्दैनौँ , धन छैन भने केहि चिज पनि किन्न सकिँदैन बुझ्यौ?” मैले उसलाई थामथुम पार्ने प्रयास गरेँ।
उ यतिमै शान्त भइन, उसले फेरी प्रश्न तेर्स्याई -” अनि मिसले त धन भन्दा विद्या ठुलो हुन्छ, भन्नुहुन्थ्यो त हजुरबा ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

4 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

4 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago