Categories: कविता

“मामाघरको तिज”


रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ

आमासँग तिजमा मामाघरमा गएँ म
मामाघर गएर मक्ख भएँ म
हजुरबाले नातिनी आऊ भन्दै काखमा लिनु भो
हजुरमाले मिठो दर खान दिनु भो

आज भान्जी आउँदैछिन् भन्ने थाहा पाएर
मामा पनि आउनुभयो चक्लेट ल्याएर
माइजू साह्रै रसिली भन्ने मलाई के थाहा र ?
मिठो बोली मिठो खान्की मिठै व्यवहार

तिजको दिनमा तिजे गीत गाएँ साथी मैले नि
अब तिजमा मामाघर जान्छु जैले नि
यो सालजस्तै धमाकाको भए हुन्थ्यो अर्को तिज
रमाइलो भो यस पालि मामाघरको तिज ।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

5 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

5 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago