Categories: बाल कथा

निर्लज्ज जवाफ

कमला भण्डारी ढकाल

गर्मी निकै बढेको छ पानी पर्ने सुरसार छैन । हुरि उस्तै चलेको छ के हुन आट्यो कुन्नि समय पनि । मकै छर्न पनि पाइएन ।
बैशाखको आधा उधि सक्किसक्यो । तीन चार महिनालाई त छाक टर्थ्यो त्यहि पनि नहुने भो कसरी बाँच्ने होला ? मनमनै दिग्दारी पोख्दै पुर्पुरोमा हात लगाएर घर छेउको बारी हेर्दै बसेको छ आकाश ।
यतिकैमा अलिक पर आगोको मुस्लो देखियो हेर्दा हेर्दै हावाले यसरी उडाइ रहेछ आगो र फैलाइरहेछ जताततै । गाँउ नजिकै आइसक्यो छिमेकी चिच्याए सबै एकजुट भएर आगो निभाउने प्रयासमा लागे तर पानी नपरेको कारण धारामा खाने पानी पनि पालो गरिगरि भोर्नु पर्छ आगो निभाउने त सम्भावना नै रहेन ।
आगो यसरी अघि बढेको छ भोको बाघले चल्लो निले जसरी सबै निल्दैछ ।
गुहार कहाँ को सँग माग्नु सबै उस्तै ! बरु घरमा भएको सामान सारौँ बस्तुभाउ फुकाइदिउँ भन्ने सल्लाह गरे सबैले र घर तिर लाग्दै थिए हावाले उडाएको आगोले गोठ छेउको खरको टौवा टिप्यो नभन्दै सबैको घर घरमा आगो लाग्यो बस्तुभाउ आगोले पोलेर पड्किएको आवाज आउन लाग्यो सबै सकियो भनेर गाँउलेहरुले अलापविलाप गर्न लागे । हेर्दाहेर्दै गाँउ, बस्तुभाउ सखाप भए !
गाँउलेहरु पालिकामा गएर राहत माग्ने सल्लाह गरे ।
सरकारले केही गर्छ कि ?
पालिकामा नियमानुसार निवेदन दिए ! मेयर साबालाई हात जोड्दै बिन्ति बिसाए ”हामीलाई राहत कहिले सम्म मिल्ला हामी त सकियौँ बर्बाद भयौँ गास, बास, कपास केही रहेन ” ।
हेर्नुस् गाउँले महानुभावहरु आगोले देशका धेरै ठाउँ सकेको छ त्यसैले केन्द्रले सल्लाह गर्दैछ के गर्ने भन्ने !
”राहत दिने निर्णय गर्यो भने खबर गर्नेछु ”!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

19 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

19 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

19 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago