Categories: कविता

“डढेलाेले खायाे”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

लामाे पर्याे खडेरी याे सुख्खा भयाे अति
कल्कल् बग्ने खाेलानाला मूल सुके कति।

रूख बुटा ढाल्याे कतै छाना फाल्याे कतै
हावा हुरी हुण्डरीले ज्यानै लियाे कतै!

बाटाघाटा धुलैधुला हिड्नै सकिँदैन
ऐना हेर्दा आफैलाई चिन्न सकिँदैन।

मकै छर्ने बेला भयाे बाँझाे रह्याे बारी
>धुजा धुजा फाटिसके खेत अनि टारी।

वनपाखा जता हेर्याे आगाे लागेकाे छ
दङ्ग पर्छु मानवता कता भागेकाे छ?

जलिसके घर कति कति जन मरे
परिवार कति कति बिचल्लीमा परे।

भकारीकाे खाने अन्न डढेलाेले खायाे
भकाराेकाे लैनाे भैंसी किलामा नै मर्याे।

एकसरो लुगा छैन छैन थातबास
तर पनि फेरेकै छन् एक मुठी सास।

राहतकाे नाम पारी ठूलाबडा धाउँछन्
फाेटा खिची दानवीर गीत आफ्नै गाउँछन्।

हराएछ मानवता मान्छे भयाे लाछी
छैन काेही भने पनि दैव हाेला साक्षी।

सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

3 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

4 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago