Categories: बाल कथा

नि:शब्द

शुक्रराज कुँवर
धरान १०

एकजना ट्राफिक प्रहरी हवल्दार सडकमा आफ्नो काममा खटिएका थिए। एउटा बाइक तेज गतिमा बतासिदै आउँदै थियो । उनले बाइकाई रोकेर चाबी खोसे । आवश्यक कागजात चेक गरे कागजात दुरुस्त थियो।
कागजात ठिक हुँदाहुँदै किन चाबी खोसेको भनेर बाइकवाला निहुँ खोज्न थाल्यो ।
“तेज गति जीवन क्षति भन्ने थाह छैन ? उ त्यहाँ सिग्नल पोष्टमा गति सीमित लेखेको देख्नु भएन ?” ट्राफिक प्रहरीले भने ।
विवाद बढदै गयो । अलि पर रहेका ट्राफिक इन्सपेक्टर आइपुगे। उनले बाइकवाला युवालाई चिनेर ‘ मेरो मन्छे हो ‘ भनेर छाडिदिन आदेश दिए।
“तर सर … ! नियम त सबैलाई बराबर लागु हुन्छ ।”
“मैले भने पछि छाडिदेन ” इन्सपेक्टरले रुखो आदेश दिएर बाटो लागे ।
आदेशको पालना भयो । बाइकवाला आफ्नै गतिमा हुँइकियो ।
साँझपख डिउटी सकेर प्रहरी हवल्दार आफ्नो कार्यालय पुग्दा इन्सपेक्टर साहेब कतै जाने तरखर गर्दै थिए ।” कताको सवारी हो सर ? उनले भने ।
“लाश सनाखत गर्न जानु पर्ने भयो।”
“कहाँ के भयो र सर ?” प्रहरी हवल्दार चकित भए।
“त्यही अघिको बाइकवालाको ‘ स्पट डेथ ‘ भएछ । ”
ला…! मैले त रोक्न खोजेकै हो नि , सर ले नै…!
भो भो अरु शब्द नबोल । म नि:शब्द छु अहिले ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

38 seconds ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

24 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

24 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago