रञ्जुश्री पराजुली

साठीबर्षका हजुरबा र दस बर्षको नाति साथी जस्ता थिए । नाति रमेश स्कुलबाट आए पछि हजुरबालाई देखेन भने अँध्यारो मुहार लगाएर ” आज हजुरबा कता जानू भयो खै मलाई लिन बस स्टप आउनुभएन ।” भन्दै यताउती खोज्न थाल्थ्यो ।
रमेश होमवर्क बाजे सङ्गै गर्दथ्यो । कहिले साथीलाई पनि भेटाउन ल्याउँथ्यो ।
हजुरबा पनि स्फुर्तिला थिए । छोरा बुहारी काममा जानेहुनाले घरको काम उनीहरुलाई भ्याई नभ्याई हुन्थ्यो।
तीन बर्ष अगाडि बुढी बिते पछि केही समय उनी एक्लो जीवन झोक्राएर बिताउंन थालेका थिए । त्यही बर्ष उनी रिटायर्ड पनि भएकाले समय बिताउँन कष्ट भै रहेको थियो । उनको परिवार नै शिक्षीत थिए । छोरा बुहारी दुवै ईन्जिनियर ,उनीआफु अवकाश प्राप्त प्राध्यापक भएकोले परिवार चेतनशील थियो ।
बुढी बित्नु र अवकाश पाउनु एकै पटक परेकोले उनी कतै नजाने ,झोक्राएर बस्ने गर्न थालेका थिए ।
एकदिन उनले एउटा पुस्तक पढ्दै गर्दा स्वस्थ रहने केही बुंदाहरु फेला पारे र त्यसैलाई अनुशरण गरेर समय बिताउन थाले।
बिहान भन्छामा बुहारीलाई तरकारी काट्कुट गरेर सघाउँने , नातिलाई बस सम्म पुर्याउंन जाने, लिन जाने , गृहकार्य गराउँने । साँझ पख आफू वाकमा जाने गर्न थाले। उनको स्वास्थ्यमा सुधार आउन थाल्यो । तर जोरीपारी , नातागोता ” बुढी बिते पछि एक्लो बाउलाई घरमा नोकरको थन्कोको राखेका ” भनेर कुराकाट्न थाले ।
त्यस्तो कुराले उनलाई केही असर परेन। काममा ब्यस्त हुँदै जाँदा तन्दुरुती बढ्दै गयो।
नातिको प्रथमीक स्कुलमा अभिभावक दिवसको दिन उनलाई प्रमुख अतिथिको रुपमा बोलाएको बेला केही बोलिदिन भनियो । उनले बुढेसकाल तंन्दुरुस्त बाँच्नको लागि गृहस्थीमा रमाउनु अति आवश्य भएकोले ओहोदा र इज्जत जान्छ भन्ने सोच त्याग्नु आवश्यकका साथै नातिनातिना सङ्ग रमाउँने गर्नु आवश्यक रहेको र आफु त्यसै गर्नाले स्वस्थ्य रहेको भाव व्यक्त गरे जस्लाई अभिभावक पाहुनाहरुले ताली बजाएर स्वागत गरे।

सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

23 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

24 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

24 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago