Categories: कविता

“नेपाल भूस्वर्ग हो वास्तव”


घनश्याम रेग्मी

अग्ला शैल उठे यही भुवनमा माथा सबैका बनी
राराको जल राशमा गजबको देखिन्छ छायाँ पनि
गौरीशंकर बस्दछन् युगल यी रक्षा गरी मानव
मेरो देश पवित्र देव धरती “भूस्वर्ग हो वास्तव।”

लाखौँ पुण्य गरेरमात्र यसमा जन्मिन्छ मान्छे जुनी
नेपाली परिवेशको कति मिठो भाषा कला निर्गुणी
यो नारायणको निकै प्रिय धरा बस्छन् जहाँ केशव
स्वर्गैतुल्य पवित्र देव धरती “भूस्वर्ग हो वास्तव।”

फेवाताल छ शान्त सुन्दर अहा हेरी सधैँ नै बसूँ
कस्तो सुन्दर पोखरा नगरमा आई पलेँटी कसूँ
सेतीका जल छालको महकता कस्तो अहो वैभव
आत्मा शान्ति दिने महान् अवनि यो भूस्वर्ग हो वास्तव।

कोशी बग्दछ धार हारसँगमा पानी मिठो कल्कल
कालीको छ कला बनाउँछ शिला छन् चक्र ती टल्पल
बेनी माधव धाम हो भुवनमा बस्छन् यतै केशव
साँच्चै स्वर्ग यतै छ भूमि तलमा ” भूस्वर्ग हो वास्तव।

शालिग्राम शिला कुँदेर जगमा फैलाउने गण्डकी
खोज्दै हिँड्दछ भित्र भूतल चिरी सेती बनी वासुकि
आँखा छन् समभाव शान्त रसका श्रीबुद्धका शाश्वत
धर्तीमा यदि एक स्वर्ग छ भने नेपाल हो वास्तव।

यो धौलागिरि हाँस्छ मानवहरू खेल्दै गरेका बुझी
यो सर्वोच्च हिमाल गाँस्छ ममता शीर्षस्थ हाम्रै बसी
फल्छन् धान मकै यता सरसिला माना मुरीमा सब
हाम्रो यो धरती पवित्र छ सधैँ “भूस्वर्ग हो वास्तव।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 hour ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago