श्री पोखरेल
बिरालोले ङ्यार्र गर्यो।
कुकुर झन् के कम । ङ्वार्र गर्यो।
स्कुलको चौरमा कुकुर र बिरालो झगडा गरिरहेका थिए।
कहिले कुकुरको भुकाइ, कहिले बिरालोको कर्राहट। स्कुले बालबालिकाहरू झ्यालबाट उत्सुकतापुर्वक कुकुर र बिरालोको झगडाको दृश्य नियाली रहेका थिए।
“कुकुर र बिरालो किन झगडिरहेको होलान् ?” साथीहरू तर्फ फर्किएर सन्तोष गुनगुनायो।
“सायद दुबैले एउटै हड्डी खान खोजेकोले होला,” सृजनाले भनिन्।
गुरु कक्षामा प्रवेश गर्नासाथ सन्तोषले जुरुक्क उठेर सोध्यो- “गुरु ! कुकुर र बिरालो किन मिल्न नसकेका।” गुरुले मुस्कुराउँदै भन्नुभयो- “दुबै जनाले आफ्नो अधिकार मात्रै हेरेभने झगडा हुन्छ। जब अरूको आवश्यकता पनि बुझिन्छ, तब मेल हुन्छ।”
“हामी पनि साथीहरूसँग झगडा गर्दा सधैँ आफैँ ठिक छु भन्छौँ नि होइन त गुरु ?” सृजनाले भनिन्।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…