Categories: बाल कथा

नैतिक शिक्षा

शुक्रराज कुँवर
धरान १०

साँझपखको समय थियो । शर्मिला आफ्नो घरधन्दामा व्यस्त थिईन् । उनका छोरा सागर स्कूलको गृहकार्य गरिरहेका थिए । केही समय पछि शर्मिलाका पति राजन कार्यालयबाट लखतरान परेर आइपुगे । उनी केही चन्तित र सोचमग्न जस्ता देखिन्थे । ” किन ? के भयो ? चिन्तित जस्तो हाउभाउ छ त ” । शर्मिलाले भनिन् ।
“केही भा छैन । गाउँबाट बुवाको फोन आएको थियो ” ।
” के भयो ? सन्चै त हुनुहुन्छ ? शर्मिलाले संशय व्यक्त गरिन् ।
” सन्चै हुनुहुन्छ । जाडो बढ्यो रे । न्यानो लुगाफाटो किन्न केही पैसा पठाइदे न भन्दै हुनुहुन्थ्यो ” । राजनले भने ।
” कस्तो गाह्रो छ … ! अब कसरी पैसा पठाउनु ” शर्मिला फतफताउन थालिन् ।
हातमुख धुएर चियानास्ता खाँदै गर्दा राजनले उपाय निकाल्दै भने – ” बुवालाई मेरो लुगा ठिक भइहाल्छ । बरु मेरो त्यहीँ पुरानो ज्याकेट,स्वेटर र ट्राउजर पठाइदिनु पर्ला । आमाको पनि तिम्रो जस्तै खिरिलो ज्यान हो । तिम्रो स्वेटर , मजेत्रो र सुतीको सारी पठाइदिए हुँदैन ?”
” अनि हामी चाहिँ के लगाउनु त ? ” शर्मिलाले रुखो स्वरमा भनिन् ।
” हामी बिस्तारै नयाँ लुगा किनौला नि ।” राजनले भने ।
” ठिक छ त्यसो त । गाउँमा बस्ने बुढाबुढीलाई काम चलिहाल्छ ।” शर्मिलाले सन्तुष्ट भावमा भनिन् ।
नैतिक शिक्षाको गृहकार्य गरिरहेका सागरले बाबुआमाको वार्तालाप सुनिरहेका थिए । हजुरबा हजुरआमालाई जडौरी लुगा पठाइ दिन लागेको भन्रे थाह पाएर उनले भने – ” ड्याडी ! यहाँ किताबमा बडाले जे गर्छन् सानाले त्यहीँ कुराको सिको गर्छन् ” भनेर लेखेको छ । म कुरा बुझ्दैछु ।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

14 hours ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

14 hours ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

14 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

2 days ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

2 days ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

3 days ago