“न्यानो”


श्यामप्रसाद श्रेष्ठ

“देश त लथालिङ बनायो नि!” पुस महिनाको बिहान चोक वजारको खबर होटेलको आँगनमा पारिलो घाम ताप्दै चिया पिइरहेका ३,४ जना युवाहरु बिच आकाशले चियाको सुर्को तान्दै मनभित्रको असन्तोष पोख्यो।
“ हो, नेताहरुले !” पवनले समर्थन गर्दै कुरा थप्यो।
“ नेताहरु मात्र पनि होइन!”
“नेता मात्र नभए अरुको हो त ? भ्रष्ट कर्मचारीहरु!”
“उनीहरु मात्र पनि हैन!”
“अनि को ? अबिबेकी जनता हुन?”
“जनता मात्र पनि हैन !”
“त्यसो भए पार्टिको अन्धभक्त झोले कार्यकर्ताहरु हुन ?”
“तिनीहरु मात्र पनि हैन ।“ “अनि को हो त ?”
“तिनीहरु कोही हाम्रो गाउँटोलमा,सहर बजारमा, जागिरदार छन , स्वतन्त्र ब्यबसायी छ्न। तिनीहरु कोहि सत्ताको रापमा छन ,कोहि सत्ताको रापको आशमा छन।”
“को हुन त तिनीहरु?”
“आफ्नो बौध्दिकता बन्धक राखी पर्दा पछाडि मौन बसेर देश जल्दा रापमा न्यानो मानिरहने बौध्दिकबर्ग नै एक प्रमुख जिम्मेवार हुन। तिनीहरु कोहि सल्लाहकार पनि छन।”