Categories: बाल कथा

पछुतो

लता के.सी.
तीनकुने , काठमाडौँ

उसले आमालाई सोध्यो , “बहिनीको व्यवहार किन बदलियो , केही भेउ छ , आमालाई ?”
आमाले चिन्ता व्यक्त गर्नु भयो , ” खै , सोध्यो भने रून्छे मात्र ! खाना पनि खान मान्दिन ।”
ऊ सोच्न थाल्यो , “मेरी बहिनीलाई के भयो ? केही दिन यतादेखि खाली ढोका लगाएर एक्लै बस्छे । कोहीसंग बोल्दिन । काममा नि गएकी छैन । ”
ऊ बहिनीसमक्ष गयो र केरकार गर्न थाल्यो । उसले मुस्किलले यथार्थ ओकली ,” मेरो साथीले मसँग महिनैपिच्छे पैसा लिन्थ्यो । हामी राजधानी जाने ! म सिनेमा बनाउने र तिमी नाच्ने भन्थ्यो तर अहिले थाहा नदिई नै ऊ भाग्यो ।”
उसले जिस्काउँदै , काखी बजाउँदै भन्यो , “खुच्चिङ ! खुच्चिङ ! मैले त पहिले भनेकै हो नि ! तँ राम्रो नाच्छेस् , बहिनी ! मेरो नृत्य कला केन्द्रमा नै काम गरेस् है ! ऊ बेला मात्तिएर सुनिनस् । ”
दाजुको हाउभाउ देखेर उसले हाँस्दै भनी , ” मैले आफ्नो र पराया चिनेँ । अब हजुरसङ्गै काम गर्नेछु । दादा, मलाई क्षमा गरिदिनू । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

4 hours ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

1 day ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

1 day ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago