भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर

छोराछोरी हुर्काउदा त्यत्ति थाहा पाइएन । हुन त अभावै अभाव थियो । दु:खै दु:ख थियो । तिनलाई कसरी पाल्ने ? हुर्काउने , पढाउने भन्ने मात्र तनाव थियो । केही कुराले कहिल्यै पुगेन । अर्काको काम , ज्याला, मजदुरी नगरी हुदैनथ्यो । अर्काको ठेक , अधिया गरेर खेतीपाती लगाउने, थन्काउने गर्नु पर्थ्यो अनि कसरी पुग्थ्यो र ? बुढीले बुढालाई भनी ।
हो तनि छोराछोरी पनि छजना थिए । तिनको पेट भर्नै पर्यो । मेरो इलम केही पनि थिएन । खेतीपाती गर्ने, गाईवस्तु पाल्ने बाहेक अरु काम गर्न जानेकै थिइन । फेरि पढेको पनि त होइन म । जे जान्यो त्यहीँ गर्ने हो । हाम्रा बाउबाजेले यही कृषि पेसा गरी जीवन बिताए । मैले त्यहीँ देखेको थिए । त्यही गरे । त्यतिबेला त कमाउन जाने ठाउँ भनेकै भारतका विभिन्न ठाउँहरू थिए । दिल्ली , बम्बइ, गुहाटी, अछाम, पंन्जाव जस्ता ठाउँहरुमा कमाउन जान्थे । तिनीहरुको त गाउँमा बडो इज्जत हुन्थ्यो । तिनीहरुलाई त लाहुरे भनेर सम्बोधन गरिन्थ्यो । पहिलाका दिन सम्झदै बुढाले भन्यो , है बुढी । दु:खै दु:खमा छोराछोरी हुर्किए । बढे , पढे मिहिनेती थिए काम गर्थे । हामीसँगसँगै मेलापात, दाउराघाँस गर्न जान्थे । त्यही पहिला दु:ख गरेको भएर त अहिले हरेक दु:ख सहजै गर्न सकेका छन् । जस्तो परिवेशमा पनि सहजै घुलमिल हुँन सकेका छन् । सबैको देखासिखी गरेर कोही विदेश गए । कोहीले यही राम्रै इलम/ व्यवसाय गरी बसेका छन् । अहिले सबै कुरा पुगेको छ । केही कुराको दु:खै छैन ? सबै कुरामा आनन्द छ । बुढीले थपी ।
त्यही त सम्झन्छु ।” हिजो हामीले गरेको दु:ख, सङ्घर्ष ती दिन ओहो ! बैराग लाग्छ । हामी नै हो त, अहिले भनेर आफूले आफैँलाई चिमोट्न मन लाग्छ ।” अहिले छोराछोरी प्रगति देख्दा आनन्द लाग्छ । त्यस्ता दिनदेखि यस्ता दिन पनि आउने रहेछन् । मैले त कल्पनासम्म पनि गरेको थिइन।
छोरा बुहारी काममा गए। अहिले यही नाति छ, हामीलाई भुलाउने । यसैले गर्दा घर उज्यालो भएको छ । “साउँभन्दा व्याजको माया” भनेको हो रहेछ , हगि बुढा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

4 hours ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

1 day ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

1 day ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

2 days ago

“बाबा घर फर्की आऊ न”

उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…

2 days ago

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशाला

बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…

2 days ago