Categories: बाल कथा

“पछुतो”


श्यामप्रसाद श्रेष्ठ

एउटा यात्रु जहाज समुन्द्रमा अघि बढिरहेको थियो। जहाजको चालक क्याप्टेनको छनोट गर्ने जिम्मा यात्रुहरूकै हातमा थियो। यात्रुहरूले जसलाई रोज्थे, उसैले जहाजको बागडोर सम्हाल्नु पर्ने थियो।
क्याप्टेनका दावेदार एक बाहेक अन्य सवै पुरानै अनुहारहरु थिए।
छनोट प्रकृया अनुसार पहिलो पालो नयाँ उम्मेदवारको आयो। उसले जहाजलाई अगाडि बढाउनु भन्दा अगाडि जहाजलाई राम्ररी निरिक्षण गर्यो। जहाजमा जताततै टुटफुट देख्यो, मर्मत नगरिएको देखेर उसले भने जहाजमा पहिलाका क्याप्टेनहरुले धेरै लापर्वाही गरेका रहेछन। कुनै पनि बेला दुर्घटनाग्रस्त हुन सक्छ ।”
तर यात्रुहरूको ध्यान उसको बोलिमा थिएन। उसको कमजोर खल्ती र झोला देखेर यात्रुहरुले एकै स्वरमा भने,  “हामीलाई कुरा हैन काम चाहिएको हो,यो ब्यक्ति अस्विकार्य छ।”
त्यसपछि दोस्रो उम्मेदवारलाई अवसर दिइयो। यात्रुहरूले पहिलेका अनुभव सम्झँदै भने, “हामीले यस भन्दा अगाडि तिमीलाई विश्वास गरेका थियौँ। तर तिमीले गन्तव्यको बिपरित दिशामा पुर्याएका थियौ । यसैले हामी तिमीलाई स्वीकार्न सक्दैनौँ।”
तेस्रो उम्मेदवार पुरानो नै थियो। उसले जहाज चलाउनुअघि यात्रुहरूलाई मासुभात बाँड्यो।
तर कैयन यात्रुहरूले मासु र भात मात्र देखेर मुख खुम्च्याउँदै असहमति जनाए।
अन्ततः अन्तिममा पुरानो उम्मेदवारको पालो आयो। उसले मासुभात, पैसा र रक्सी बाँडदै जहाजको बागडोर सम्हाल्यो। यात्रुहरूले बगलिमा नोट कोच्दै,चिउरा मासु चपाउँदै,रक्सिको चुस्कि लिदै खुशी हुँदै सबैले एकै स्वरमा भने, “अरुहरुले खुवाउने भोज भन्दा मिठो भोज” भन्दै तारिफ गर्दै उसैलाई क्याप्टेनमा नियुक्त गरे।
त्यसैबेला समुद्रमा आँधी आयो। जहाज अनियन्त्रित हुन थाल्यो। छालको प्रहारले जहाजमा प्वाल पर्यो र पानी पस्न थाल्यो। क्याप्टेनले जहाज सम्हाल्न सकेन। आत्तिएका यात्रुहरूले भने,“क्याप्टेन, हामीलाई बचाउनुहोस्!”
क्याप्टेनले डराउँदै भन्यो, “मलाई जहाज चलाउन आउँदैन। म त पैसा र पदकोलागि मात्र यहाँ आएको हुँ। तर यहाँ एउटा तारणहार छ, जसले यो संकटबाट हामी सबैलाई बचाउन सक्दछ। त्यो हो पहिलो नयाँ क्यापटेनको दावेदार!”
सबैले नयाँ दावेदारलाई संकटवाट मुक्त गरि दिन अनुरोध गरे।
उसले बागडोर सम्हाल्दै अनियन्त्रित जहाजलाई नियन्त्रणमा ल्यायो। प्वाल परेको भागलाई माथि उठाउँदै अर्को भागलाई डुबाएर पानी भित्र छिर्न रोक्यो । बिस्तारै जहाजलाई सुरक्षित रूपमा किनारामा पुर्यायो।
यात्रुहरूले पुनर्जीवन पाएर खुशी हुँदैं नयाँ क्याप्टेनको जयजयकार गर्दै भने, “सक्षमता भन्दा स्वार्थ रोज्दा, झण्डै जहाज पनि, भविष्य पनि डुबेको।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

15 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

15 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 days ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

3 days ago