Categories: बाल कथा

वेदना

महेन्द्र नेउपाने
लोकन्थली, भक्तपुर

“कहिले आईस साहिला?” सुटकेट घिसार्दै आईरहेको बेला बाटैमा धनविर काकाले सोधे।
“आउँदै छु काका।” उसले टाउको निहुराएर ढोग गर्दै भन्यो।
“छुट्टी पाईछस त?” काकाले सोधे।
“छुट्टी त के दिन्थ्यो ? तीनबर्ष भयो भनेर किचकिच गरेपछि बल्ल बल्ल एक महिनालाई मिलाईदियो।”
“यसरी मिल्ने भए, दशैँमा आउनु पर्थ्यो नि ?” काकाले सोधे।
“सोचेको त हो काका, तर दशैँमा आए कर्तब्य मात्रै पूरा हुने अहिले आउँदा कर्तब्य सहित अधिकार पनि समिटिने। चुनाव भनेको देशलाई उज्यालो बाटोमा डोर्याउने अवसर हो नि काका।” उसले लामो जवाफ दियो।
“ए ! लु जा जा। बाउ पर्खेर बसेका होलान्।” यति भन्दै काका अगाडि बढेका मात्रै थिए सुटकेशको बाहिर टाँसिएको फोटोले ध्यान आकर्षण गर्यो। फेरि उनले सोधे, “यो सुटकेशमा कसको फोटो टाँसिस साईला ?”
“यी हाम्री नेत्री हुन।”
लौ! तैले अनौठो शैलीले पो प्रचार गरिस त, किन हो ? काकाले जिज्ञाशा राखे।
उसले उत्तर दियो, “मैले जस्तो घर चलाउँनैका निम्ति मेरा छोरा नातिले विदेशिनु पर्दैन कि भनेर नि।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

15 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

15 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

2 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 days ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 days ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

3 days ago