Categories: बाल कथा

पटाका


शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे ,ईलाम

“बाबा ! दिपावली गरेपछि पटाका पड्काउनु पर्छ । एक बट्टा किनेर ल्याई दिनु है ।” छाेराले हिड्ने बेलामा भन्याे ।
“पटाका त पड्काउनु हुँदैन बाबु !”मैले भने “त्यसले ध्वनि र वायु दुवै प्रदुषण गर्छन् । साथसाथै ठूलाठूला दुर्घटना समेत हुन्छ ।”
ऊ माैन रह्याे । मैले भने “बरु म तिमीलाई अरु खेलाैना र रमाइला पुस्तक ल्याई दिन्छु नि ।” म बजार पुग्ना साथ उसले फाेनमा भन्याे “बाबा ! मेराे सामान बिर्सनु हाेला नि।”
बजारबाट म घर फर्किएँ । बजारमा किनेका तिहारका सामानकाे पाेकाहरु गाडीबाट ओरालेँ।
छाेराले उत्साहका साथ सामान ओसार्याे । हतार हतार कित्लीबाट चिया सारेर ल्यायाे अनि झाेला खाेतल्न थाल्याे।
“के खाेजेकाे ?” मैले साेधेँ। “पटाका ।” उसले भन्याे।
“मैले ल्याईन बाबु ।” मैले भने “बारुदका पाेकासँग खेल्नु हुँदैन । त्यस्ले दुर्घटना हुन्छ भनेकाे बिर्स्याै ?” मेराे प्रश्नले ऊ रन्थनियाे। म तिर फर्केर रिसाउँदै भन्याे “तपाईँहरुले देशमा दस दस बर्ष बारूदका पाेका पड्काएकाे हाेईन ? आफू चैँ खुब देश बदल्न भनेर त्यत्राे वर्ष बारुदकै बम पड्काउने ,मलाई चैँ अरु साथीहरुसँग मिलेर तिहारमा पटाका पड्काएर रमाउन नदिने ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago