Categories: कविता

“फूलको चाड तिहार”


लिला पण्डित(के.सी)

घुम्दै र फिर्दै आइपुग्यो फूलको चाड तिहार
फर्केर आँउछन् परदेशी सम्झेर आफ्ना पियारा
कलकल गर्दै मिठो धुन गाउँछन् खोला, नालाले
झलमल घर, मन्दिर बनाउँछन दियो र पालाले।

खेतैमा ढाक्यो छपक्कै मार्सी धान झुलेर
बारीमा ढाक्याे ढपक्कै सयपत्री फूल फुलेर
हाँस्न थाले जून,तारा हट्यो कालो बादल
नाँच्न थाल्यो मन सारा घन्काइ जोर मादल।

लिङ्गे, रोटे पिङ्ग पनि मच्चिराछन् डाँडामा
पशु, पन्छी,भाइ पुजा हुन्छ यसै चाडमा
सप्तरङ्गी टीकाले पुज्छिन् चेली दाजुभाइ
उमङ्ग,हर्ष घोलेर मनाउँछन् चाड तिहारलाइ।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

3 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

3 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago