Categories: बाल कथा

पठन संस्कृति


दुर्गा घिमिरे

जिल्लाको एउटा ठुलो साहित्यिक संस्थाले सहरको भव्य हलमा ‘पठन संस्कृति र यसका चुनौती’ विषयक बृहत् बहस चलाएको थियो। वक्ताहरू मञ्चबाट जोडजोडले भाषण दिइरहेका थिए।
त्यही बहसमा भाग लिन आएका अर्काे एक गैरसरकारी संस्थाका प्रतिनिधि गमक्क पर्दै भन्दै थिए, “हामीले त गाउँका विपन्न केटाकेटीहरूलाई पढ्ने बानी बसोस् भनेर महँगा र रङ्गीचङ्गी चित्रकथाका पुस्तकहरू बाँडेर आएका छौँ। अब गाउँमा पठन संस्कृतिको बाढी नै आउनेछ !”
संस्थाकै गाडी चढेर केही दिनपछि टोली गाउँमा अनुगमन गर्न पुग्यो। एउटा घरको आँगनमा सात वर्षको काले स्कुल जाने तयारी गर्दै थियो। उसको हातमा भएका पुराना कापीहरू एकदमै चम्किला र आकर्षक देखिन्थे।
“वाह! बाबुले कति राम्रो गाता हालेको,” संस्थाका हाकिमले फुरुङ्ग हुँदै सोधे, “अनि बाबु, हामीले दिएको त्यो चित्रकथाको किताब खोई त ? पढेका छौ ?”
कालेले दङ्ग पर्दै कापी अगाडि सार्यो र भन्यो, “यही त हो नि सर ! आमाले भन्नुभयो— यस्तो चिल्लो र बलियो पन्ना भएको पुस्तक च्यातियो भने खेर जान्छ। त्यही भएर बाबाले मेरा पुराना कापीहरू च्यातिनबाट जोगाउन त्यही चित्रकथाका पाना उक्काएर यस्तो राम्रो गाता हालिदिनुभयो!”
​कालेको कुरा सुनेर अनुगमन टोलीका सदस्यहरू जिल्ल परे। उता सहरमा भने ‘पठन संस्कृति’ को बहस अझै जारी थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

21 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

22 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

22 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

22 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago