Categories: बाल कथा

बाँदर


राज कुमार कार्की

“बाँदर आतंक बन्द गर भनेर सरकारसँग गुहार लगाउन थाले नि संसदमा हजुर।”
“यी मानव भनौदा कमका छन् ; पहिले हामीलाई आतङ्कित बनाए त्यसको प्रतिवाद गर्दा हामीले आतंक मच्चायौँ रे।”
बाँदर सभासद बाँदर सभामा आआफ्ना धारणा राख्दै थिए । लङ्गुरे ढेडु शालीन ढङ्गले सभा सञ्चालन गरिरहेको थियो।
यसै क्रममा सभामा उठेको तमाम जिज्ञासाको जवाफ दिन लङ्गुरेले एक्ले बाँदरलाई अह्रायो।
“साथी हो! हामीमाथि सोह्रैआना अन्याय भएकै हो। यो पृथ्वी मान्छेको मात्रै होइन हामी जस्ता प्राणीको पनि हो। अब हाम्रो बासस्थान पहिलेको जस्तै हराभरा बनाउन जोड गरौँ । ”
“नियमापत्ती ! यो पश्चगामी कुराको पछि नलागौँ ।” भन्दै बुरुक्क उफ्रेर चङ्खेले लङ्गुरेको आसन फुटाइ दियो।” साथी ! यस्तो अभद्र बिरोधको तरिका नअपनाऊँ यो हामीले त्यागेको पुरानो शैली हो।” लङ्गुरेले स्थिति सामन्य पार्दै सम्झायो।
पुनः एक्लेलाई बोल्न सङ्केत गर्यो। “साथी हो! लङ्गुर बाले भनेको सही हो। हामीले बिरोधको त्यो शैली मानिसलाई दिएका छौँ । अहिले उनीहरू यसको उपयोग गर्दैछन् ।”भन्दै रोकिएर चारैतिर हेर्छ र पुनः बोल्छ , “अत: हामी असल र ज्ञानी बाँदर बनौँ चकचके मानिस होइन ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

2 minutes ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

23 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

23 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

23 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

24 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago