Categories: कविता

“पढाउन छाेडाैँ”


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

बाल्नु पर्छ शिक्षकले चेतनाकाे दियाे
बन्नुपर्छ शिक्षक नै समाजमा मियाे।

विद्यालय जाने गराैँ घण्टी लाग्नु अघि
गेटतिरै बसी स्वागत गराैँ साथी सँघी।

मिठाे बाेली बाेलाैँ सधैँ नानी बाबुसित
तिनैसित हाँसाैं खेलाैँ गाऊँ मिठाे गीत।

छाेराछाेरी ठानाैँ आफ्नै यिनै बाबू नानी
हृदयमा राखाैँ सधैँ ज्याेति रूप ठानी।

कक्षाभित्र जाने गराैँ मुस्काएर सधैँ
नगए नि हुन्छ बरू तयारी चै नभै।

शिक्षकले अबदेखि पढाउन छाेडाैँ
ज्ञान अनि सीपसित नानी बाबू जाेडाैँ।

पढ्नु पर्छ शिक्षकले विद्यार्थीका मन
म त भन्छु गुरूजन तत्व ज्ञानी बन।

भर्ना गर्ने बेलातिर आमा शिक्षा राखाैँ
बेला माैका विद्यार्थीका बाबाआमा डाकाैँ।

विद्यार्थीका घरघर घरदैलो गराैँ
मसिनरी सिकाइका कुरा सँगै गराैँ।

किताबका पाना मात्रै पल्टाएर हुन्न
सक्नु पर्छ विद्यार्थीका पनि कुरा सुन्न।

जमानाले फड्को मार्याे पुग्याे माथि माथि
गुरु चेला बन्नु पर्छ अब साथी साथी।

नानी बाबू सितै बसी खाना खाजा खाऊँ
हात साना समाएर घुम्न कतै जाऊँ।

किन भन्ने काले गाेरे नाम छदैछ छ नि
हेप्न छाेडाैं लिखे जुम्रे केटा केटी भनी।

प्रविधिले विश्व सानाे गाउँ बन्दै गा´छ
प्रविधिमा गुरूभन्दा शिष्य जान्ने भा´छ।

हातैमा छ विश्वज्ञान डिभाइस भित्र
समयले पछि पार्ला कुरा बुझ मित्र।

रटाउने ठटाउने गए अब दिन
काेल्टाे फेर्याे समयले हेर छिन छिन।

परीक्षाका अङ्क मात्रै ठूलाे ठान्न छाडाैँ
सभ्यता र संस्कृतिमा नानी बाबू जाेडाैँ।

खेलबाड गर्नु हुन्न विद्यार्थीका साथ
गुरु बनी गल्ती गरे लाग्छ ब्रह्मघात।

गुरु ब्रह्मा गुरु विष्णु गुरु महेश्वर
गुरूभन्दा ठूलाे अरू संसारमा छ र ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

9 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

10 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

10 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago