सत्यजीत, ललितपुर

महेन्द्र गर्वले छाती फुलाउँदै भन्थे-“छोरो संस्कारी छ, परम्पराको सम्मान गर्दछ।”
उनले ठूलो खर्च गरेर छोरो अमरको ब्रतबन्ध धुमधाम साथ सयौँ पाहुनाहरुको जमघटबीच गरिरहेका थिए। पण्डितले विधिपूर्वक मन्त्र उच्चारण गरे। अमरको टाउको खौँरी, गेरुवा वस्त्र पहिराएर, हातमा भिक्षा पात्र दिए।”अब घरघर जाउ, भिक्षा माग!” पण्डितले आदेश दिए।
अमर केहीबेर अक्मकायो र चुप लाग्यो। अनि अकस्मात् भन्न थाल्यो, “म भिखारी होइन, म डाक्टर बन्छु। मलाई भिक्षा होइन, ज्ञान चाहिन्छ।”
सबै चकित परे। पण्डितले रिसाउँदै भने, “यो त शास्त्र विपरीत भयो।”
अमरले आत्मविश्वासका साथ भन्यो, “के ज्ञानको बाटो खोज्नु शास्त्र विपरीत हो? के जनै लगाएर मात्र मानिस महान् हुन्छ?”
बुबा महेन्द्र केही बोल्न सकेनन्। पाहुनाहरू एकअर्कालाई हेर्दै कानेखुसी गर्न थाले। एकजना शिक्षकले भने- “अबका पुस्ता तर्कशील र सचेत हुँदैछन्।”
ब्रतबन्ध त भयो, तर अमरले त्यसै दिनबाट केवल जनै मात्रै होइन, अन्धपरम्पराको बोझ पनि एकसाथ फाल्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

16 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

17 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago