Categories: बाल कथा

‘पत्रुखाना’

ध्रुवराज थापा
काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ

“मुखमा के हालेको त्यस्तो ? तिमीलाई थाहा छैन यहाँ यस्तो गर्न पाईँदैन भनेर ! ऊ फेरि अर्कीले मुखमा ख्वाप्पै हाली ! कसरी चुस्न सकेकी होली ! ललिपप ! ओई, नानी तिमीहरू यता आउत !” विद्यालयकी एकजना कक्षा शिक्षकले विद्यार्थीलाई विद्यालय हाताभित्र थर्काउदै थिईन्।


“तिमीहरूलाई कतिमात्र भन्नु चाउचाउ, चकलेट, ललिपप, बिस्कुट, चट्पटे, पानीपुरी, चुईँगम जस्ता खानेकुरा ‘पत्रुखाना'(जंकफुड) हुन्, विद्यालय हाता भित्र यस्ता खानेकुरा खान हुदैन भनेको होईन तिमीहरूलाई ?”
उनले थपिन्, “अबदेखि ‘पत्रुखाना’ खाएको देखेँभनें १०० रूपैयाँ जरिवाना लागाउँछु है ।”
विद्यार्थीहरू डराएर चुस्दै गरेको ललिपप फालेर कक्षातिर दौडिए ।
केहीबेरपछि खाजाको घण्टी लाग्यो ।विद्यार्थीहरू खाजा खान कक्षा कोठाबाट बाहिर निस्किए ।उनीहरूले एउटा खाली कोठामा उनै अघि निर्देशन दिने कक्षा शिक्षक र उनका अन्य सहकर्मी शिक्षक साथीहरू ‘पत्रुखाना’ चट्पटे बनाएर खाँदै गरेको देखे । ति कक्षा शिक्षक जिब्रो पड्काउदै भन्दै थिईन, “मलाई त यो चट्पटेको नाम सुन्ने बित्तिकै मुखबाट पानी आउँछ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago